राेयले आइपीएल नखेल्ने

इंग्ल्याण्डका ओपनर जेसोन रोय चोटग्रस्त भएपछि आसन्न इन्डियन प्रिमियर लिगपनि नखेल्ने भएका छन ।

पाकिस्तानविरुद्धको टी २० सिरीज भन्दा ठिक अगाडी टिमबाट हटेको सार्वजनिक गरेको थियो । जसका कारण उनले दिल्ली क्यापिटल्सबाट आइपीएल पनि नखेल्ने भएका छन ।

दिल्लीले उनको स्थानमा अष्ट्रेलियन तिब्रगतिका बलर डेनियल साम्सलाई ल्याएको छ । उनको ढाँडको मसल्समा समस्या आएको बताइएको छ ।

जेसोन रोय आइपीएलबाट नाम फिर्ता लिने दोस्रो इंग्लिस खेलाडी बनेका छन । यसअघि क्रिस वोक्सले पनि नखेल्ने बताएका थिउ । उनको स्थानमा एनरिच नोर्जीले खेल्ने भएका छन ।

साम्सको यो पहिलो आइपीएल हुनेछ । बिग ब्यास लिगमा भने उनी सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।

त्यसपछि उनलाई अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको सिरीजका लागि टिममा बोलाएको थियो । अष्ट्रेलिया इंग्ल्याण्डविरुद्धको टी २० र एकदिवसिय सिरीजका लागि इंग्ल्याण्ड पुगिसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest