नाबीकाे टी-२० मा एकै पारीमा ५ विकेट

क्यारेबियन प्रिमियर लिगमा अफगानिस्तानी क्रिकेटर मोहम्मद नाबीले करियरको उत्कृष्ट बलिङ गरेका छन ।

टी २० क्रिकेटमा पहिलो पटक पाँच विकेट लिएका नाबीको त्यो बलिङ सीपीएलको नै तेस्रो उत्कृष्ट फिगर रहेको छ ।

लुसियाबाट सीपीएल खेलिरहेका नाबीले सेन्ट किट्सविरुद्धको खेलमा चार ओभरमा मात्र १५ रन खर्चिएर पाँच विकेट लिए ।

सीपीएलमा उनी टी २० क्रिकेटमा कम रन दिएर पाँच विकेट लिने तेस्रो खेलाडी हुन । उनी भन्दा अगाडी सोहेल तनभिर र सकिब अल हसन रहेका छन ।

सकिबले चार ओभरमा एक मेडेन राख्दै ६ रन दिएर ६ विकेट लिएका छन । सोहेलले चार ओभरमा एक मेडेनसहित तीन रन दिएर पाँच विकेट लिएका छन ।

टि-२० करियरमा २६४ औं खेल खेल्ने क्रममा नाबिले करियरमै पहिलो पटक एकै इनिंगमा ५ विकेट लिएका हुन्। यस अघि उनको उत्कृस्ट बलिंग १० रन खर्चेर ४ विकेट थियो।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest