केभिनले प्रहार गरेकाे बलले आफ्नै गाडीकाे सिसा फुट्दा

आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायनले छ्क्का प्रहार गरेकाे बल लागेर आफ्नै कारको सिसा फुटेकाे तस्विर सार्वजनिक भएपछि यतिबेला साेसियल मिडियामा निकै चर्चित भएकाे छ ।

आयरल्याण्डको अन्तर प्रदेश च्याम्पियनसिप अन्तर्गत लेनस्टर लाइटनिङका केभिनले नर्थ वेस्ट वारियर्सविरुद्धको टी-ट्वान्टी खेलमा छक्का प्रहार गर्दा पार्कीङमा राखिएको उनकै टोयोटा कारको पछाडी भागको सिसा फुटेको थियो । खेल सकिएपछि केभिनले सिसा फुटेको आफ्नो कारमा बसेर तस्बिर समेत खिँचाएका थिए । जुन भाइरल बनेकाे छ ।

साे खेलमा केभिनले ३७ बलमा ८२ रन बनाएका थिए । जसमा उनले ८ छक्कासहित ३ चौका प्रहार गरेका थिए । केभिनको टिमले डिएल पद्दतिको आधारमा २४ रनले जितेको थियो ।

३६ वर्षीय केभिन विस्फोटक ब्याटिङको कारण चर्चित रहदै आएका छन् ।केभिनले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले ५० बलमा शतक बनाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest