चेन्नेई सुपर किंग्सका १० जनामा कोरोना देखियाे

आसन्न इन्डिन प्रिमियर लिग खेल्न यूएईमा रहेको चेन्नेई सुपर किंग्सका १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यसमा भारतीय टिमबाट खेल्ने खेलाडी पनि रहेको बताइएको छ । दुबईमा भएको परिक्षणको रिपोर्टमा कम्तिमा १० जनामा पोजेटिभ देखिएको बताइएको छ ।

विहिबार भएको परिक्षणमा चेन्नेईका खेलाडी र पदाधिकारीमा पोजेटिभ देखिएको हो ।

जसका कारण चेन्नेईले खेलाडीलाई थप केहि दिनका लागि आइसोलेसनमा बस्न निर्देशन दिएको छ । उसले अब सेप्टेम्बर एक तारिखबाट मात्र प्रशिक्षण गर्ने भएको छ ।

सेप्टेम्बर १९ तारिखबाट सुरु हुने आइपीएलका लागि अझै आयोजकले खेल तालिका सार्वजनिक गर्न सकेका छैनन् । यसअघि तोकिएको क्वारेन्टिनको समय सकिएपनि टिमले अझै केहि दिन सबै खेलाडीलाई होटलमा नै बस्न भनेको छ ।

यूएई पुगेपछि टिमको विमानस्थलमा पहिलो परिक्षण गरिएको थियो भने होटेल पुगेको पहिलो दिन, तेस्रो दिन र पाँचौ दिनमा परिक्षण गरेको थियो । त्यसमा सबै परिक्षणमा खेलाडीको रिपोर्ट नेगेटिभ आएमा प्रशिक्षणमा जान पाउने भनिएको थियो ।

आइपीएलका लागि तयारी गर्ने चेन्नेई अन्तिम टिम हुने भएको छ । यता राजस्थान, कोलकाता, मुम्बई, पञ्जावले प्रशिक्षण सुरु गरिसकेका छन । दिल्लीले शनिबारबाट प्रशिक्षण गर्ने बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest