रैनाले आइपीएल गुमाउने

चेन्नई सुपर किङ्सका ब्याट्सम्यान सुरेश रैनाले यस संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट गुमाउने भएका छन् ।

आईपीएलका लागि दुबई पुगेका रैना व्यक्तिगत कारण देखाएर भारत फर्किएका छन् ।

चेन्नईले सामाजिक संजाल ट्वीटरबाट व्यक्तिगत कारण देखाएर रैना घर फर्किएको पुष्टि गरेको छ ।

‘सुरेश रैना व्यक्तिगत कारण भारत फर्केका छन् र आईपीएलमा उनी उपलब्ध हुने छैनन् । चेन्नई यस समयमा सुरेश र उसको परिवारलाई पूर्ण सहयोग प्रदान गर्दछ’, सीईओ केएस विश्वनाथनले चेन्नईको ट्वीटरबाट भनेका छन् ।

गत अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका रैना चेन्नईका महत्वपूर्ण खेलाडी हुन् ।

आईपीएलको यस संस्करण युएईमा हुँदैछ । कोरोना महामारीको कारण युएईमा तय गरिएको १३ औं संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।

तर, आईपीएलले खेल तालिका भने सार्वजनिक गरेको छैन ।

शुक्रबार मात्र चेन्नईका खेलाडीसहित १० जनालाई कोरोना संक्रमण पुस्टि भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest