सीपीएलमा सन्दिपकाे विकेट लिग क्रम जारी, सेन्ट किट्सविरुद्ध २ विकेट

क्यारेवियन प्रिमियर लिग सीपीएलमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् । आइतबार विहान सकिएको खेलमा जमैकाबाट खेलिरहेका सन्दीपले सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सविरुद्ध २ विकेट लिँदा २७ रन खर्च गरेका थिए । फलस्वरुप सन्दीपको टिम ३७ रनले विजयी पनि भयो ।

जमैकोको जारी प्रतियोगितामा तेस्रो जीत पनि हो । सबै खेलमा विकेट लिँदै आएका सन्दीपले सिपिएलमा विकेट संख्या ९ पुर्याएका छन् । सेन्ट किट्सविरुद्ध १२ औं ओभरमा पहिलो ओभर लिएका आएका थिए । सन्दीपले पहिलो बल इभन लुईसलाई फालेका थिए । उक्त बलमा उनले एक रन बनाए । त्यसपछि लगातार दुई बल निक केलीले डट खेले । तर, चौथो बलमा केलीले चौका प्रहार गर्दै सन्दीपमाथि दवाब कायम गरेका थिए । पाँचौं र छैटौं बलमा पनि सन्दीपले एक एक रन खर्चिए ।

सन्दीपले व्यक्तिगत पहिलो ओभरमा ७ रन दिएका थिए । टिमको १४ औं ओभरमा सन्दीप व्यक्तिगत दोस्रो ओभर लिएर आए । त्यतिबेला सन्दीपले शुरुको दुई बलमा तीन रन खर्चिएका थिए । तेस्रो र चौथो बल डट राखेका सन्दीपले पाँचौं बलमा भने छक्काको सामना गरे । लुईसले सन्दीपलाई छक्का प्रहार गरेका थिए । अन्तिम बलमा एक रन खर्चिए । यो ओभरमा उनले १० रन दिएका थिए । दुई ओभरसम्म १७ रन खर्चिदा विकेट विहीन नै थिए ।

तेस्रो ओभर लिएर उनी १६ औं ओभरमा आएका थिए । पहिलो बलमा एक रन दिएका सन्दीपले दोस्रो र तेस्रो बल डट राखे । चौथो बलमा एक रन खर्चिएका सन्दीपले पाँचौं बलमा विकेट लिए । उनले इभेन लुइसको विकेट लिएका हुन् । लुईस व्यक्तिगत २१ रन बनाएर पभेलियन फर्किए । अन्तिम बल डट राखेका थिए । तेस्रो ओभरमा उनले २ रन खर्चिएर १ विकेट लिए ।

चौथो तथा आफ्नो स्पेलको अन्तिम ओभर लिएर सन्दीप १८ औं ओभरमा आएका थिए । उनको पहिलो बलमै इस सोढीले छक्का प्रहार गरेका थिए । तर दोस्रो बलमै सन्दीपले पभेलियनको बाटो देखाइदिए । सोढी व्यक्तिगत ६ रन बनाएर आउट भएका हुन् । तेस्रो बलमा २ रन खर्चिएका सन्दीपले बाँकी बलहरु डट राखे । समग्रमा सन्दीपले चार ओभर बलिङ गर्दा २७ रन खर्चिएर २ विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest