रैनाले आइपीएल छाेड्नुकाे कारण

घरबाट बाहिर एक्लै बस्नुपर्ने अवस्था, बायो सेक्युअर बाताबरण, समकक्षीमा कोरोना देखिएको खबर, त्यसमा पनि ब्यक्तिगत दुखद खबर, यी सबै पक्षले सुरेस रैनाले आसन्न इन्डियन प्रिमियर लिग आइपीएल नखेल्ने निर्णय गरेको बताइएको छ ।

इएसपिएन क्रिकइन्फोका अनुसार चेन्नेईका १० जनामा कोरोना देखिएको दोस्रो दिन शनिबार विहान रैनाले ब्यक्तिगत कारण देखाउँदै दुबईबाट भारत फर्किने निर्णय गरे । चेन्नेईका प्रमुख कार्यकारी अधिकृत कासी विश्वनाथका अनुसार रैनाले ब्यक्तिगत कारणले आइपीएल नखेल्ने बताए ।

रैना शनिबार चेन्नेई टिम बसेको होटेलबाट बाहिरीएर र त्यहि दिन दुबईबाट भारत फर्किएका थिए । आइपीएलका लागि दुबई पुगेको नौ दिनपनि रैनाले अचानक त्यस्तो निर्णय गर्नुको कारण भने प्रष्ट रुपमा खेलेको छैन ।

तर रैनाको परिवारमा दुई साना बच्चाहरु छन । उनले आफ्नो परिवारलाई एक्लै छोड्न समस्या भएको भनेर कप्तान महेन्द्रसिंह धोनी, प्रशिक्षक स्टेफेन फ्लेमिङ र सिइओलाई जानकारी दिएका थिए ।

उनले टिम छोड्नुको अर्को कारण रैनाको परिवारमा आक्रमण भएको बताइएको छ । उनका अंकलको ज्यान लिइएको भन्ने पनि बाहिर आएको छ । अगष्ट १९ तारिखमा उनका अंकलमाथि आक्रमण भएर पठानकोटमा ज्यान लिएको समाचार बाहिरीएको थियो । अगष्ट १९ को दिन रैनाको फुपु (बुवाको बहिनी) को घरमा अज्ञात समुहले फिल्मि शैलिमा सांघातिक आक्रमण गरेको थियो । आक्रमणमा आशा देवीको श्रीमानको गम्भिर चोटका कारण मृत्यु भएको थियो ।

त्यसलेपनि उनी मानसिक रुपमा त्यति फिट थिएनन् । रैनाको अचानकको निर्णयले उनको टिम निकै आश्चार्यमा थियो । रैनाले टिमलाई ब्यक्तिगत रुपमा निकै कठिन भएको जानकारी गराएका थिए ।

दुबई जानुभन्दा अगाडिपनि रैनाले आफ्नो परिवारमा भएको घटनाका बारेमा चेन्नेईमा क्याम्प हुँदा बताएका थिए ।

दुबई पुगेपछि सबै टिमलाई अनिवार्य ६ दिन क्वारेन्टिनमा विताउने पर्ने भनिएको थियो । कुनै खेलाडीलाई त्यो बेला भेट्न अनुमति थिएन । ६ महिना देखि क्रिकेट नखेलेको पिडा त्यसमा पनि टिमका खेलाडीमा कोरोना देखिनु र परिवारमा परेको पिडाले पनि रैनाले आइपीएल नखेल्ने निर्णय गरेको हुनसक्ने अनुमान गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest