सन्दिप र मुजिबकाे जमेकाे जाेडी

वेष्ट इन्डिजमा जारी क्यारेवियन प्रिमियर लिगमा दुई बलर सन्दिप लामिछाने र मुजिब उर रहमानको जोडी निकै जमेको छ । जमैका तलावाजबाट खेलिरहेका दुबै युवा स्पिनर टिमको मुख्य हतियार बनेका छन ।

हरेक खेलमा विकेट लिएका उनीहरुको कम्बिनेसका कारण जमैकाले विपक्षीलाई दबाव दिएपनि ब्याटिङ राम्रो नहुँदा हार्न पुगेको छ । उसले पाँच खेलमा तीन हार र तीन जित निकालेको छ ।

तर टिमका लागि सन्दिप र मुजिबको जोडी निकै जमेको छ । पाँचौं चरणका खेलसम्म जमैकाले कुल ४३ विकेट लिएको छ । जसमा २२ विकेट यी दुई खेलाडीले लिएका छन । यसका साथै जमैकाका लागि सर्वाधिक विकेट लिने खेलाडीमा शिर्ष स्थानमा मुजिब छन भने दोस्रो स्थानमा सन्दिप रहेका छन ।

मुजिबले पाँच खेलमा १३ विकेट लिएका छन भने सन्दिप नौ विकेट हात पारेका छन ।

जारी सिजनको पहिलो खेलमा सेन्ट लुसियाविरुद्ध मुजिबले चार ओभरमा २५ रन दिएर दुई विकेट लिएका थिए भने सन्दिपले २३ रन दिएर एक विकेट हात पारेका थिए ।

दोस्रो खेलमा नाइट राइडर्सविरुद्ध सन्दिपले चार ओभरमा ३० रन खर्चिएर एक विकेट लिएका थिए भने मुजिबले चार ओभरमा १३ रन खर्चिएर एक विकेट हात पारेका थिए ।

यस्तै गुएनाविरुद्ध उनीहरुले विपक्षीको पाँच विकेट लिए । जसमा मुजिबले चार ओभरमा १८ रन खर्चिएर तीन विकेट लिए भने सन्दिपले चार ओभरमा ८ रन खर्चिएर दुई विकेट झट्काए । सन्दिपको जारी प्रतियोगिताको अहिलेसम्मको उत्कृष्ट बलिङ फिगर यहि हो ।

जमैकाले फेरी गुएनाविरुद्ध उत्रदा पनि सन्दिप र मुजिबको प्रदर्शन प्रभावशाली रहेको थियो । जसमा मुजिबले चार ओभरमा एक मेडेन राखेर तीन विकेट झट्काएका थिए भने सन्दिपले चार ओभरमा १२ रन दिएर एक विकेट हात पारे ।

 

यस्तै बार्बाडोसविरुद्धको खेलमा दुबै खेलाडी गरेर विपक्षीको पाँच विकेट लिए । सन्दिपले चार ओभरमा १६ रन खर्चिएर दुई विकेट हात पारे भने मुजिबले चार ओभरमा १४ रन दिएर तीन विकेट लिए ।

छैटौ खेल – सेन्ट किट्सविरुद्ध मुजीबले ४ ओभरमा  १२ रन  दिएर १ विकेट  लिए भने सन्दीपले ४ ओभरमा २७ दिएर २ विकेट हात पारे ।

सन्दिपलाई विकेट दिन मुजिबले पनि सहयाेग गरेका छन । किनकी तीन वटा विकेट सन्दिपले मुजिबकाे हातबाट क्याच गराएका छन ।

अहिलेसम्म सूचीको शीर्ष स्थानमा रहेका उनले अहिले सम्म मात्र ९३ रन खर्चिएर १३ विकेट लिईसकेका छन् भने सन्दीपले अहिले सम्म १ सय १६ रन खर्चिएर नौ विकेट हात पारेका छन् । जसमा दुबै खेलाडीको इकोनोमी पाँचको भन्दा मुनी रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest