इंग्ल्याण्ड ५ विकेटले विजयी

पाकिस्तानविरुद्धको दोस्रो टी २० खेलमा इंग्ल्याण्ड ५ विकेटले विजयी भएको छ । पहिलो खेल बर्षाका कारण रद्द भएको सिरीजको दोस्रो खेलमा इंग्ल्याण्डले १९ ओभर एक बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको पाहुना टोली पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९६ रनको लक्ष्य दिएको थियो ।

पाकिस्तानका मोहम्मद हाफिजले सर्वाधिक ६९ रन बनाउँदा जम्मा ३६ बलको सामना गरेका थिए । उनले पाँच चौका र चार छक्का प्रहार गरे । यसैगरी कप्तान बाबर आजमले ५६ रन बनाउँदा जम्मा ४४ बल फेस गरेका थिए । उनले ७ चौका प्रहार गरे ।

फकर जमामले ३६ रन बनाउँदा सोयब मलिकले १४ रनको योगदान गरेका छन् । इंग्ल्याण्डका आदिल रसिदले २ विकेट लिए ।

जवाफमा इंग्ल्याण्डले पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । इंग्ल्याण्डका जितमा कप्तान इयोन मोर्गनले ६६ रन बनाए भने डाविड मालानले अर्धशतकिय पारी खेले । उनले अविजीत ५४ रनको योगदान गरे ।

यस्तै जोनी ब्रेस्ट्रोले ४४ तथा टोम बान्टोले २० रन रन जोडे । बलिङतर्फ पाकिस्तानका सादब खानले दुई विकेट लिए ।  जितसँगै इ‌ग्ल्याण्डले तीन खेलकाे सिरीजमा एक शुन्यकाे अग्रता बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest