ईङ्गल्याण्ड र पाकिस्तानकाे अन्तिम खेल आज

ईङ्गल्याण्ड र पाकिस्तानबिचको तेश्रो तथा निर्णायक टी-२० खेल आज हुँदैछ ।

यी दुईबिचको तेश्रो टि २० म्यान्चेस्टरको ओल्ड ट्राफोेर्डमा नेपाली समयानुसार राति पौने ११ बजेबाट शुरु हुनेछ ।

आज हुने पाकिस्तनबिरुद्धको खेल जितेमा वा रद्द भएमा ईङ्गल्याण्डले तीन खेलको टि २० श्रृंखलामा उपाधि कब्जा गर्नेछ ।

यता पाकिस्तान भने खेल जत्दिै कमित्मा श्रृंखला बराबरी गर्ने दाउँमा रहनेछ ।

यो श्रृंखला जितेमा ईङ्गल्याण्डले पाकिस्तनबिरुद्ध लगातार छैठौ श्रृंखला जित्नेछ ।

श्रृंखला अन्तर्गते पहिलो टि २० वर्षाका कारण रद्द भएको थियो भने दोश्रो टि २० ईङ्गल्याण्डले ५ विकेटले जितेको थियो ।

यी दुई राष्ट्रले अहलिेसम्म १७ वटा टि २० खेल खेलेका छन् जसमा पाकिस्तानले ४ तथा ईङ्गल्याण्डले ११ वटा खेल जितेको छ ।

यसबाहेक २ खेल बराबरीमा टुङ्गिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest