जाम्पा बैंग्लाेरमा अनुबन्ध

अष्ट्रेलीयन एडम जाम्पालाई ईण्डियन प्रिमियर लिग आईपीएल को फ्रेन्चाईज रोयल च्यालेन्जर्स बैङलोरले भित्र्याएको छ । उसले अष्ट्रेलीयाका केन रिचर्डसनका स्थानमा जाम्पालाई अनुबन्धन गरेको हो ।

रिचर्डसन पिता बन्ने भएपछि आरसीबीले जाम्पालाई टोलीमा समावेश गरेको हो । जाम्पा अहिले वान डे र टि २० श्रृंखला खेल्न ईङ्गल्याण्डको भ्रमणमा छन् । यस कारण जाम्पाले आईपीएलका शुरुवाती केही खेलहरु गुमाउनेछन् ।

अष्ट्रेलीया र ईङ्गल्याण्डबिचको टि २० श्रृंखला सेप्टेम्बर ४ बाट शुरु हुनेछ भने वान डे सेप्टेम्बरबाट शुरु भएर सेप्टेम्बर १६ मा सक्किनेछ ।

यसपछि जाम्पा यसएई आएर कम्तिमा ७ दिनको क्वारेन्टिन बस्नेछन् । यसपछि मात्र उनले आईपीएल खेल्न पाउनेछन् ।

जाम्पाले अहिलेसम्म आईपीएलमा कूल ११ खेल खेल्दै १९ विकेट लिएका छन् । यसअघि २०१६ मा आरसीबीका लागी खेलेका जाम्पा २०१७ मा मुम्बई इण्डियन्समा सामेल भएका थिए ।

जाम्पाले अहिलेसम्म अष्ट्रेलियाको लागि ५५ एकदिवसीय र ३० टी २० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले एकदिवसीय क्रिकेटमा ७५ र टी २० मा ३३ विकेट लिएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest