काकापछि सुरेश रैनाका भाईकाे ज्यान गयाे

भारतीय पूर्व राष्ट्रिय क्रिकेटर सुरेश रैनाको परिवारमा ठुलाे शाेक परेकाे छ । काकाकाे निधन भएकाे एक सातामा नै उनका भाईको निधन भएकाे छ ।

पन्जाबमा रहेको उनको परिवारका सदस्यहरुलाई लुटेराहरुले पठानकाेटमा हमला गरेर काकाको हत्या गरेका थिए । त्याे बेला लुटेराले उनकाे काकामाथि निर्घात अाक्रमण गरेका थिए ।

रैनाले मंगलबार ट्वीट गर्दै पन्जाब पुलिस र प्रदेशका मुख्यमन्त्रीसँग घटनाको छानविन गरी हत्यारालाई सजायको माँग गरेका छन । ‘पन्जाबमा मेरो परिवारमाथि भएको डरलाग्दो घटनामा मेरो काकाको मृत्यु भएको थियो भने मेरो काकी र भाईलाई गम्भीर चोट लागेको थियो । दुर्भाग्यवस जीवनसंग संघर्ष गरिरहेको मेरो भाईकाे पनि मृत्यु भएकाे छ । काकीकाे अवस्था अझै गम्भीर रहेकाे छ । उनी अहिलेपनि भेन्टिलेटरमा उपचार गराइरहेकी छिन,’ भनेर लेखेका छन ।

यस्तै उनले ‘अहिलेसम्म त्यस रात के भएको थियो, हामीलाइ थाहा छैन, म यस विषयमा खोजी गर्न पन्जाब पुलिसलाई अपील गर्दछु’ भनेर लेखेकाछन ।

भारत पञ्जाबस्थित पठानकोटमा लुटेराकाे कुटपिटबाट रैनाका ५८ वर्षीय काका त्यहिबेला ज्यान गएकाे थियाे । यस्तै परिवारका चार सदस्य गम्भिर घाईते भएका थिए ।

याे घटनाका कारण उनले इन्डियन प्रिमियर लिग नखेल्ने भन्दै स्वदेश फर्किएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest