जमैकाकाे अर्काे हार

क्यारेबियन प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम जमैका तलावाजले चौथो हार ब्यहोरेको छ । आज भएको खेलमा जमैका शिर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भयो ।

ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ट्रिनबागो नाइट राइडर्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रन बनाएको थियो । उसका लागि कोलिन मुर्नोले ६५ रन बनाए भने कायरन पोलार्डले ३३ तथा सुनील नरायनले २९ रन बनाए ।

यस्तै लेन्डी सिमोन्सले २५ रन जोड्दा टीम सेइफेर्टले १८ रनको योगदान गरे । ३२ रनमा पहिलो विकेट गुमाएको नाइट राइडर्सले ७८ रनमा दोस्रो विकेट खेर फालेको थियो । तर अन्तिममा पोलार्डले विस्फोटक ब्याटिङ गर्दा ठुलो लक्ष्य दिएको थियो ।

बलिङमा सन्दिप लामिछानेले चार ओभरमा २० रन दिएर एक विकेट लिएका थिए । यस्तै कार्लोस ब्रेथवेटले दुई विकेट हात पारे ।
जवाफमा जमैकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६५ रन बनाउन सक्यो ।

बलिङ राम्रो भएपछि ब्याटिङमा आजपनि जमैकाले राम्रो गर्न सकेन खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको जमैकाले १४ रनमा दोस्रो विकेट खेर फालेको थियो । यस्तै ७८ रनमा तेस्रो विकेट गुमाएको जमैकाले ८४ रनमा चौथो, ९० रनमा पाँचौ र ९७ रनमा छैटौं विकेट गुमाउन पुग्यो ।

उसका लागि ग्लेन फिलिप्सले ४१ रन बनाएका बोनरले २६ तथा जेरमेइन ब्ल्याकउडले १२ रनको योगदान गरे । उसका चान्डविक वाल्टोनले खाता खोल्न सकेनन् भने रोभमन पावेलले दुई रन बनाए भने आसिफ अली सात रनमा नै बाहिरीए ।

अन्तिममा कार्लोस ब्रेथवेट र आन्द्रे रसेलले अर्धशतकीय साझेदारी गरेपनि टिमलाई हारबाट बचाउन सकेनन् । रसेलले २३ बलमा ५० रन बनाए भने ब्रेथवेटले २१ रनको योगदान गरे ।

जारी प्रतियोगितामा नाइट राइडर्सले सात खेलमा सातमा जित निकाल्दै १४ अंक बनाएको छ । जमैकाको भने सात खेलमा चौथो हार हो । उसको ६ अंक छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest