पाकिस्तान र इंग्ल्याण्डबीचको टी २० सिरिज ड्र

पाकिस्तान र इंग्ल्याण्डबीचको टी २० सिरिज ड्र भएको छ ।

पहिलो टी २० वर्षाका कारण रद्द भएको थियो भने दोस्रो टी २० मा इंग्ल्याण्ड विजयी भएको थियो ।

तर, आज विहान सकिएको अन्तिम तथा तेस्रो टी २० मा पाकिस्तानले ५ रनको जीत निकाल्दै सिरिज बराबरी गर्न सफल भयो ।

टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद हफिजले नट आउट ८६ रन जोडेका थिए । यसैगरी हैदर अलिले ५४ रनको योगदान गरे ।

इंग्ल्याण्डका क्रिस जोर्डनले २ विकेट लिए ।

१९१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १८५ रन मात्रै बनाउन सक्यो ।

मोइन अलिले सर्वाधिक ६१ रन बनाउँदा टम बेन्टमले ४६ रनको योगदान गरे ।

पाकिस्तानका वुहाव रियाज र सहेन्सा अफ्रिदीले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest