मालिंगाले आइपीएलबाट नाम फिर्ता लिए

मुम्बई इन्डियन्सका तिब्र गतिका बलर लसिथ मालिंगाले आसन्न इन्डियन प्रिमियर लिग नखेल्ने भएका छन ।

आफ्ना पिताको स्वास्थ्य अवस्था खराब भएका कारण मुम्बईको टिममा युएई नगएका मालिंगाले अब प्रतियोगिताबाट नाम फिर्ता लिएका छन । उनले पारिवारीक कारणले यो सिजनको आइपीएल नखेल्ने बताएका छन ।

उनको स्थानमा मुम्बईले अष्ट्रेलियन खेलाडी जेम्स पाटिसनलाई ल्याउने भएको छ । मालिंकाको पिताको स्वास्थ्य अवस्था खराव रहेकाले उपचार गराइरहेका थिए । जसका कारण उनले परिवार छोड्न नमिल्ने बताइएको छ ।

मालिंगोल मुम्बई टिमलाई इमेल गरेर यो सिजनमा ब्यक्तिगत कारणले खेल्न नसक्ने जानकारी दिएका हुन । जसलाई मुम्बई टिमले स्विकार गर्दै अष्ट्रेलियन खेलाडी जेम्सलाई भित्र्याएको छ । उनी यो साता नै आबुधावीमा टिममा संलग्न हुनेछन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest