क्यानले मुख्य प्रशिक्षकसहित महत्वपुर्ण पदकालागि दरखास्त आह्वान

नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकको लागि खुल्ला दर्खास्त आह्वान गरेको छ ।

बिहिबार क्यानले मुख्य प्रशिक्षक सहित विभिन्न प्राविधिक कर्मचारी महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकको लागि खुल्ला दर्खास्त आह्वान गरेको हो ।

क्यानले मुख्य प्रशिक्षक १ जना, महाप्रबन्धक १, वित्तीय प्रबन्धक १, व्यवस्थापक १ र प्रदेश प्रशिक्षक ७ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) संग समन्व्य गर्दै रिक्त रहेको पदमा बिज्ञापन खुलाएकाे हाे ।

यसअघि असार २६ गते बसेको क्यानको बैठकले एक हप्ता भित्र मुख्य प्रशिक्षकसंगै महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकको लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।

तर आईसीसीको प्रक्रियामा ढिलाई भएकाे कारण देखाउँदै क्यानले झन्डै डेढ महिनापछि बिज्ञापन खुलाएकाे हाे ।

इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै सेप्टेम्बर २३ भित्र क्यानमा पत्राचार गरिसक्नु पर्नेछ ।

नेपालको राष्ट्रिय क्रिकेट टिम लामो समयदेखि मुख्य प्रशिक्षक विहिन छ । क्यानले झण्डै ६ महिनादेखि मुख्य प्रशिक्षकको खोजी गर्दै आएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest