जमैकाकाे खेल बर्षाले पुरा हुन सकेन

बर्षाका कारण क्यारेवियन प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम जमैका तलावाज र सेन्ट किट्सविचको खेल नतिजाविहिन बनेको छ । जसका कारण दुबै टिमले एक एक अंक बाढेका छन ।

ब्रायन लारा क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट किट्सको स्कोर पाँच ओभर चार बलमा ४६ रनको अवस्थामा भारी बर्षा भएको थियो ।

तर त्यसपछि निरन्तर भारी बर्षा भएपछि खेल संभव हुन सकेन र अम्पायरले खेललाई नतिजाविहिन भएको घोषणा गरे ।

यो बराबरीपछि जमैकाको ८ खेलमा तीन जीत चार हार र एक बराबरी भएको छ । उसको सात अंक भएको छ । अब जमैकालाई सेमिफाइनलमा पुग्नका लागि बाँकी दुबै खेल जित्नुपर्ने भएको छ ।

यदि उसले दुबै खेल हारेमा र उसलाई पक्ष्याइरहेको बार्बाडोसले बाँकी दुई खेल जितेमा जमैका लिग चरणमा नै रोकिनेछ ।

लिगको शिर्ष तीनमा रहेका नाइट राइटर्स, गुयना अमेजन र सेन्ट लुसिया सेमिफाइनलमा पुगिसकेका छन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest