आइपीएलको खेल तालिका आज सार्वजनिक हुने

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले इन्डियन प्रिमियर लिग आइपीएलको खेल तालिका आज साँझसम्म सार्वजनिक गर्ने बताएको छ ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले आइपीएलको खेल तालिका आउन ढिलाई भइसकेको र शुक्रबारसम्म सार्वजनिक हुने बताएका छन ।

सेप्टेम्बर १९ बाट सुरु हुने आइपीएलको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नेईविच हुने संभावना रहेको छ । अक्टोबर १० तारिखमा नै प्रतियोगिता सक्ने तयारी भइरहेको गांगुलीले बताएका छन ।

यूएईमा हुने प्रतियोगिता अगाडी चेन्नेई टिमका १३ जना र बीसीसीआईका एक मेडिकल अफिसरलाई कोरोना देखिएको थियो । चेन्नेईका सबैको कोरोनाको पछिल्लो रिपोर्ट नेगेटिभ आइसकेको छ । भने शुक्रबारबाट उनीहरुले प्रशिक्षण सुरु गर्ने भएका छन ।

बीसीसीआईले आइपीएल खेल्ने खेलाडीको जानकारी राख्नका लागि ब्लुटुथ ब्याच लगाउन निर्देशन दिएको छ । टिमका खेलाडी र अफिसियललाई कन्ट्रयाक्ट ट्रेसिङमा राख्नका लागि ब्लुटुथ ब्याच दिइएको छ । जसमा खेलाडी, अफिसियल र खेलाडीका परिवारका सदस्यलाई यो ब्याच अनिवार्य लगाउनुपर्नेछ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest