चेन्नेईका सबै खेलाडीकाे रिपाेर्ट नेगेटिभ

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नेई सुपर किंग्समा यसअघि देखिएका १३ खेलाडीको रिपोर्ट पोजेटिभ आएको छ । यसका साथै अब चेन्नेईलाई प्रशिक्षणका लागि ठुलो राहत भएको छ ।

चेन्नेईले आजबाट आइपीएलका लागि प्रशिक्षण सुरु गर्ने भएको छ । जसमा यसअघि कोरोना देखिएका दुई खेलाडी दिपक चाहर र रितुराज गायकवाडको पनि सहभागिता रहनेछन ।

सेप्टेम्बर १९ तारिखबाट सुरु हुने आइपीएल नोभेम्बर १० तारिखमा सकिनेछ । आठ टिमबिच हुने प्रतियोगितामा ६० खेल हुनेछन । यसपटक भारतमा बढ्दो कोरोनाका कारण प्रतियोगिता यूएईमा गर्ने भएको हो । जसमा यूएईका दुबई, सारजाह र आबुधाबीमा खेल हुनेछन ।

चेन्नेईका प्रमुख कार्यकारी अधिकृत केएस विश्वनाथले यसअघि कोरोना देखिएका सबै जना १४ दिनका आइसोलेसनमा बसेर तीन चरणका परिषण गर्दा नेगेटिभ आएपछि उनीहरु प्रशिक्षणमा सहभागि हुने बताए ।

यसपटक चेन्नेईका खेलाडी सुरेश रैना र हरभजन सिंहले आइपीएल नखेल्ने बताइसको छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest