हरभजन सिंहले आईपीएल नखेल्ने निश्चित

भारतीय पुर्व क्रिकेटर हरभजन सिंहले याे सिजनकाे इन्डियन प्रिमियर नखेल्ने भएका छन । उनले ब्यक्तिगत कारण देखाउँदै चेन्नई सुपर किङ्सकाे टिमबाट नाम फिर्ता लिएका हुन ।

४० वर्षीय स्पिनर सिंह यसअघि चेन्नईको टिम दुबई पुगेपनि  उनी भारतमै रहेका थिए । चेन्नईकाे टिमबाट नाम फिर्ता लिने उनी दोस्रो खेलाडी हुन् । यस अघि सुरेश रैना टिमबाट बाहिरिसकेका छन् । चेन्नईले दुई खेलाडीको स्थानमा अन्य खेलाडीको घोषणा गरिसकेको छैन ।

कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest