इंग्ल्यान्ड पहिलो टि-२० खेलमा २ रनले बिजयी

घरेलु टोली इंग्ल्यान्डले पहिलो टि-२० खेलमा अष्ट्रेलियामाथि २ रनकाे रोमान्चक जित हासिल गरेको छ । जितसँगै इंग्ल्यान्डले सिरिजमा १-० को अग्रता बनाएकाे छ ।

साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएकाे थियाे । इंग्ल्यान्डका डेविड मलानले सर्वाधिक ६६ रनको योगदान दिए ।

प्याट कमिन्सले ४४ रनमा बनाए भने क्रिस जोर्डन १४ र आदिल राशिद १ रनमा अविजित रहे । टम करन ६ रनमा आउट भए ।

अष्ट्रेलियाका स्पिनर एश्टन अगर, ग्लेन म्याक्सवेल, केन रिचर्ड्सनले २-२ विकेट लिए । प्याट कमिन्सको नाममा १ विकेट रह्यो ।

इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएकाे अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र जोड्न सक्यो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दौ उत्कृष्ट सुरुवात दिलाएका थिए ।  फिन्च ४६ रनमा आउट भए । स्टिभ स्मिथले १८ रन जोडे । यस्तै डेविड वार्नरले ५८ रन जोडे ।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र आदील राशिदले २-२ विकेट लिँदा मार्क वुडले १ विकेट हात परे ।

तीन खेलको सिरिज अन्तर्गत दोस्रो खेल आइतबार र अन्तिम खेल मंगलबार साउथह्याम्पटनमै हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest