एमबीए अध्ययन गरिरहेका पारस

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का फिनिक्स कलेज अफ म्यानेजमेन्टको एमबीएकाे ब्रान्ड एम्बासडर भएका छन् ।

नयाँ बानेश्वरको थापागाउँमा रहेको फिनिक्सले आइतबार दुई वर्षका लागि एमबीए कार्यक्रमकाे एम्बासडर बनाएकाे हाे । फोनिक्स कलेज अफ म्यानेजमेन्टका डाइरेक्ट लक्ष्मण पोखरेल र पारसले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै कलेजका डाइरेक्टर पोखरेलले पारसलाई दुई वर्षको लागि एम्बासडर चयन गरिएको बताए । नेपालको व्यवस्थापन शिक्षाको क्षेत्रमा विगत ९ वर्षदेखि दक्ष तथा अनुभवी जनशक्ति उत्पादन गरिरहेको फिनिक्सबाट पारसले एमबीए समेत गरिरहेका छन् ।

यहिँ सेप्टेम्बरबाट सुरु एमबीएको नयाँ सत्रमा पारसले अध्ययन गरिरहेको फिनिक्सले जनाएको छ । कार्यक्रममा फोनिक्सका प्राचार्य डा.विनोद बहादुर खत्रीले पारस नेपाली राष्ट्रिय टिमको विख्यात खेलाडी मात्रै नभएर राम्रो र मेधावी विद्यार्थी रहेको बताए ।

पारसको कलेजसँगको सामिप्यता तथा उच्च शिक्षा अध्ययन प्रतिको लगावले फिनिक्स कलेज राष्ट्रिय नायकहरु तथा मेधावी विद्यार्थीको पहिलो रोजाइँमा परेको समेत उनले बताए । यस्तै पारसले खेलाडीका लागि औपचारिक र उच्च शिक्षा खेल करियरपछि धेरै आवश्यक रहेको बताउदै आफुले एमबिए सुरु गरेको बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest