अष्ट्रेलियाविरुद्धको टी-२० सिरीज इंग्ल्याण्डकाे पाेल्टामा

अष्ट्रेलियाविरुद्धको तीन टी २० खेलको सिरीज इंग्ल्याण्डले जितेको छ । इंग्ल्याण्डले एक खेल बाँकी हुँदै सिरीज आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो खेलमा इंग्ल्याण्ड ६ विकेटले विजयी भयो ।

साउथह्याम्टनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५७ रन बनाएको थियो । उसका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ४० रन बनाए । यस्तै मार्कुस स्टोनीसले ३५ तथा ग्लेन म्याक्सवेलले २६ रन बनाए ।

यस्तै प्याट कुमिन्सले १३ रन जोडे । खराव सुरुवात गरेको पाहुना टिमले तीन रन बनाउँदा दुई विकेट गुमाएको थियो । उसका कुनैपनि खेलाडीविच दरिलो साझेदारी हुन सकेन ।

जवाफमा इंग्ल्याण्डले १८ ओभर पाँच बलमा चार विकेट गुमाउादै लक्ष्य पुरा गर्यो । इंग्ल्याण्डको जितमा जोस बट्लरले ७७ रन बनाए भने डाविड मालान ले ४२ रनको योगदान गरे ।

१९ रनमा पहिलो विकेट गुमाएको इंग्ल्याण्डको पारी बट्लर र मालानले सम्हालेका थिए । उनीहरुले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest