सन्दिप सबै खेलमा विकेट लिन सफल

क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछाने आवद्ध जमैका तालवाज फेरि पराजित भएको छ । १० मध्य ३ खेलमा जित हात पारेको जमैका अन्तिम चारमा रहँदै समूह चरण टुंग्याएको हो ।

आज विहान सकिएको खेलमा जमैका सेन्ट लुसियासँग ११ रनले पराजित हुन पुग्यो । टस जितेर पहिला ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

उसका लागि नजिबुल्लाह जर्दानले ३५ रन बनाउँदा रखिम कर्नवेल र रोस्टन चेजले ३२–३२ रनको योगदान गरे । सन्दीपले चार ओभर बलिङ गर्दा २० रन खर्चिएर १ विकेट हात पारे । सन्दीपले रखिम कर्नवेलको विकेट लिएका थिए ।

१४६ रनको लक्ष्य पछ्याएको जमैका निर्धारित ओभरमा ९ विकेट गुमाएर १३४ रनमा रोकिन पुग्यो । जमैकाका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४९ रन बनाउँदा जर्मेन ब्लायकवुड र निकोलस क्रिटोनले २५–२५ रनको योगदान गरे । सन्दीपले ब्याटिङमा मौका पाए पनि खाता नखोली पभेलियन फर्किएका थिए ।

सेन्ट लुसियाविरुद्ध आठौं ओभरमा सन्दीप बलिङमा आएका थिए । पहिलो बल डट राखेका सन्दीपको दोस्रोबलमा बाइ मार्फत ४ रन गएको थियो । तेस्रो बल डट राखेका उनले चौथो बलमा एक रन खर्चिए । पाचौं बलमा सन्दीपले छक्काको सामना गरे । उनलाई रखिम कर्नवलले छक्का प्रहार गर्दै दबावमा पार्न कोशिस गरेका थिए । तर त्यसलगत्तै ओभरको अन्तिम बलमा सन्दीपले कर्नवालको विकेट लिन सफल भए । पहिलो ओभरमा सन्दीपले १ विकेटलिँदा ७ रन खर्च गरेका थिए ।

दोस्रो ओभर लिएर सन्दीप ११ औं ओभरमा आए । उनले यो ओभरमा मात्र एक रन खर्चिए । पहिलो बलमा एक रन दिएका सन्दीपले त्यसपछि बाँकी सबै बल डट राखेका थिए । १३ औं ओभरमा व्यक्तिगत तेस्रो ओभर लिएर आएका सन्दीपले मेडन राख्न सफल भए । जारी सिजनमा सन्दीपको पहिलो मेडन ओभर पनि हो ।

१५औं ओभरमा अन्तिम ओभर बलिङ गरेका सन्दीपले पहिलो बल डट राखे भने दोस्रो बलमा १ रन खर्चिएका थिए । तेस्रो बलमा चौका दिएका सन्दीपले चौथो बल डट राखे । पाँचौं बलमा भने सन्दीपले छक्काको सामना गरे । अन्तिम बलमा पनि एक रन दिँदै उनले समग्रमा चार ओभर बलिङ गर्दा १ विकेट लिएर २० रन खर्चिए । जारी सीपीएलमा सन्दीपको यो १२ औं विकेट हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest