बटलरले अन्तिम खेल नखेल्ने

इङ्ल्याण्डका जोस बटलरले अष्ट्रेलियाविरुद्धको अन्तिम टि–२० नखेल्ने भएका छन् ।

पारिवारिक कारणले उनले अष्ट्रेलियाविरुद्धको सिरिजको अन्तिम खेल नखेल्ने बताएका हुन् । अष्ट्रेलियाविरुद्धको दोस्रो टि २० जिते लगत्तै बटलरले आइतबार खेलाडीहरु बसेको कक्ष छाडेका थिए । इसीबीका अनुसार उनले सिरिज पक्का गरे लगत्तै बटलरले जैवीक रुपले सुरक्षित बाताबण छोडेको र उनी पारिपारिक कामका लागि निस्किएका छन् ।

साउथह्याम्प्टनस्थित रोज बाउलमा अष्ट्रेलियाविरुद्धको तीन टि २० खेलको श्रृंखला इङ्ल्याण्डले २–० ले जितिसकेको छ । पहिलो र दोस्रो खेलमा जित निकाल्दै १ खेल अगाबै सिरिज आफ्नो बनाएको घरेलु टोलीले अन्तिम टि २० सेप्टेम्बर ८ मा खेल्ने छ ।

बटलरले श्रृंखलामा जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । पहिलो टी २० मा ४४ रन बनाएका उनले दोस्रो टि २० मा ७७ रन बनाउँदै अविजित पारि खेलेका थिए ।

ईसीबीका अनुसार बटलर सेप्टेम्बर ११ बाट सुरु हुने अष्ट्रेलियाविरुद्धको एकदिवसीय श्रृंखलाका लागिभने फर्कने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest