सन्दिपकाे टिम जमैकाले सेमिफाइनल खेल्दै

क्यारेबियन प्रिमियर लिगको पहिलो सेमिफाइनलमा आज सन्दिप लामिछानेको टिम जमैका तलवाजले नाइट राइटर्ससँग खेल्नेछ ।

अंक तालिकाको चौथो स्थानमा रहेर सेमिफाइनलमा पुगेको जमैकाले शिर्ष स्थानको नाइट राइडर्ससँग खेल्नेछ । लिग चरणका खेलमा जमैकाले १० खेलमा मात्र तीन जित निकालेको थियो ।

उसले लिगका अन्तिम दुई खेलमा लगातार हार ब्यहोरेको थियो । बलिङ बलियो भएपनि ब्याटिङमा कमजोर देखिएको जमैकाका लागि आजको खेल गर या मरको अवस्थामा रहेको छ ।

यता लिग चरणमा अपराजित रहेको नाइट राइडर्सले १० खेलमा १० मा नै जित निकालेको थियो । आजको खेलमा पनि सन्दिप लामिछाने टिममा पर्ने लगभग पक्का जस्तै छ । जारी सिजनमा हरेक खेल खेल्दा सबैमा विकेट लिएका सन्दिपले १० खेलमा १२ विकेट हात पारेका छन । उनको बलिङ पार्टनरमा रहेका मुजिबसँगको कम्बिनेसन आजको खेलमा पनि निकै महत्वपुर्ण हुनेछ । मुजिबले १० खेलमा १५ विकेट लिएका छन ।

आजको खेलमा ग्लेन फिलिप्स, सुनील नरायन, डारेन ब्राभो, लेन्डी सिमोन्स र आन्द्रे रसेलको ब्याटिङ हेर्न लायक हुनेछ ।

ब्रायन लारा क्रिकेट एकेडेमीमा हुने खेलका लागि दुबै टिम तयार रहेका छन । आजको खेलमा यदि जमैका पराजित भएमा सन्दिप दुई दिनमा इन्डियन प्रिमियर लिगका लागि यूएई प्रस्थान गर्नेछन । यदि विजयी भएमा उनी यो साताको अन्तिममा मात्र यूएई आउने बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest