इंग्ल्याण्ड र अस्ट्रेलियाका खेलाडीकाे क्वारेन्टिनमा राहतको अपिल खारेज

आईपीएलको गर्भनिङ काउन्सिलले इंग्ल्याण्ड र अस्ट्रेलियाका खेलाडीलाई क्वारेन्टिनमा राहत दिनका लागि गरिएको अपिल खारेज गरेको छ ।

इंग्ल्याण्डमा जारी सिमित ओभरको सिरिज सकिए पछि युएई आउने खेलाडीहरु ६ दिन सेल्फ आइशोलेशनमा रहनु पर्ने छ । जसका कारण स्टिव स्मिथ, डेविड वार्नर, जोस बटलर, जोनी वेयरस्टो जस्ता खेलाडीले शुरुको प्रतियोगिता गुमाउन सक्ने छन् ।

यसमा यो सिजन १५.५ करोडमा खरिद भएका अस्ट्रेलियाका तीब्र गतिका बलर पेन कमिन्स पनि रहेका छन् । उनी कोलकता नाइटराईडर्सबाट खेल्छन् ।

आईपीएलको बोर्ड अधिकारीका अनुसार सुरक्षा सतर्कतामा कुनै संझौता हुदैन । ‘यदि कसैलाई थोरै छुट दिँदा पनि सिजनमै खतरा पनि उत्पन्न हुने भएकाले यसमा छुट दिने सम्भावना रहँदैन ।’ अधिकारी भने ।

कोरोना महामारीका कारण सबै सुरक्षित रहनु पर्ने अवस्था रहेकाले केही खेलाडीले सुरुका खेलहरु गुमाउन सक्ने विषयमा फ्रेन्चाइज टिम अहिले देखि नै तयार रहन पनि भनिएको छ । इंग्ल्याडढ र अस्ट्रेलियाबीचको सिरिज १६ सेप्टेम्बरमा सकिने छ । जबकी आईपिएल १९ सेप्टेम्बरमा शुरुहुने छ । यदि खेलाडीहरु १७ सेप्टेम्मबरसम्म युएई पुगेमा २३ तारिखसम्म हुने खेलमा खेल्न पाउने छैनन् ।

आईपीएलमा अस्ट्रेलियाका १७ तथा इंग्ल्याण्डका १३ खेलाडी खेल्दै छन् । यसअघि फ्रेन्चाइज क्लबहरुले ती खेलाडी अहिले पनि ‘बायो सेक्योर’ माहोलमै रहेकाले युएई आउँद्या क्वारेन्टिन बस्नु नपर्ने बताएका थिए । तर गर्भनिङ काउन्सिले फ्रेन्चाइज क्लबलले भनेको कुरालाई अस्वीकार गरेको हो ।

यो नियमले सबैभन्दा धेरै राजस्थान रोयल्सलाई हुने देखिएको छ । राजस्थानको टिम कप्तान अस्ट्रेलियाका स्टिब स्मिथ हुन भने इंग्ल्याण्डका विकेटकिपर ब्याट्सइमान जोस बटलर तथा तीब्र गतिका बलर जोफ्रा आर्चर पनि शुरुको चरणमा खेल्न पाउने छैनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest