सिपीएल सकिएपछिमात्र सन्दिप आईपीएलका लागि जाने

क्यारेवियन प्रिमियर लिग सीपीएल खेलेर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल खेल्न दुवई आउँदैछन् ।

सीपीएलमा सन्दीप आबद्ध दिन जमैका तहलवाज गएराति ट्रिन्डबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित हुँदै फाइनल पुग्न असमर्थ भएको थियो । सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिए । सेमिफाइनलमा गएराति उनी विकेटबिहीन भएका हुन् ।

खेल सकिए पनि सन्दीप सीपीएलको फाइनलसम्म वेष्ट इन्डिजमै रहनेछन् । सीपीएलबाट आईपीएल खेल्न आउने खेलाडीहरु सामुहिक रुपमा विमान चाटर्ड गरी युएई आउने भएकाले सन्दीप पनि त्यही उडानमा आउनेछन् ।

दुवईमा एक साता क्वारेन्टीनमा बसेपछि उनी दिल्ली क्यापिटल्सको टिममा सामेल हुनेछन् । त्यसबीचमा उनको ३ पटक कोरोना परीक्षण गरिन्छ ।

सन्दीपले तेस्रो सिजन आईपीएल खेल्न लागेका हुन् । सन् २०१८ मा दिल्ली क्यापिटल्सले उनलाई २० लाख भारुमा ३ वर्षको लागि अनुबन्ध गरेको हो । आईपीएल नै सन्दीपको पहिलो बिदेशी फ्रेन्चाइज प्रतियोगिता हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest