खेलाडी पाए १२ महिनाकाे तलव

नेपाल क्रिकेट संघ क्यानले सन् २०१९ को एक बर्षको खेलाडीको तलव आज पठाएको छ । सोमबार नै तलव खेलाडीको खातामा पढाउने भनिएकोमा आज बल्ल सबै खेलाडीको खातामा गएको हो ।

आइसीसीले सन् २०१९ को तलव केहि दिन अगाडी क्यानको खातामा खेलाडी र कर्मचारीको तलव पठाएको थियो । जसमा खेलाडी सबैको खाता नम्वर आउन र किवाईसी भर्नका लागि केहि समय लागेकाले आजमात्र क्यानले बैंकमा रकम पठाएको हो ।

जसमा २२ खेलाडी र एक जना टेक्निकल एनालिष्ट रहेका छन । आइसीसीले तीन श्रेणीमा गरेर खेलाडीको तलव पठाएको थियो । त्यसमा क्यानले गरेको १० हजार रुपैयाँ बढाउने आग्रह अनुसार नै रकम पठाएको थियो ।

ए श्रेणीमा रहेका खेलाडीले ४५ हजार, बी श्रेणीमा रहेकाले ३५ हजार र सी श्रेणीमा रहेका खेलाडीले २५ हजार रुपैयाँ पाएका छन । यस्तै टेक्निकल एनालिष्टको पनि सी श्रेणीले पाउने रकम बराबर पाएका छन ।

क्यानले खेलाडीको तलब पठाएपनि कर्मचारीको तलव भने अझै केहि समय लगाउने भएको छ । क्यानमा आठ जना कर्मचारीले पछिल्लो चार बर्षदेखि तलव पाएका छैनन् । त्यसमा तीन जना स्थाई कर्मचारी छन भने पाँच जना करारमा रहेका छन ।

उनीहरुको यसअघिको सबै विबरण निकाल्न बाँकी रहेको र सबैले बेला बखतमा लिएको पेस्कीको हिसावकिताब निकालेरमात्र तलब पाउने भएका छन । जसमा यसअघि केहि रकम लिएको भएमा त्यो काटिने भएको छ ।

खेलाडीमा भने ए श्रेणीमा रहेकाले १२ महिनाको एकमुष्ट ५ लाख ४० हजार पाएका छन भने बी श्रेणीमा रहेकाले चार लाख २० हजार रुपैयाँ हात पारेका छन । यस्तै सी श्रेणीमा रहेका खेलाडीले ३ लाख रुपैयाँ पाएका छन ।

को को खेलाडीले यो रकम पाए हेरौ सूची

ए श्रेणी: पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दिप लामिछाने, करण केसी, विनोद भण्डारी

बी श्रेणी: आरिफ शेख, बसन्त रेग्मी, अभिनाश बोहोरा, पवन सराफ, रोहित पौडेल, सन्दिप जोरा, सुसन भारी, ललितनारायण राजवंशी

सी श्रेणी: रसिद खान, इशान पाण्डे, राजु रिजाल, प्रदिप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest