प्रायाेजककाे खाेजीमा बंगलादेश क्रिकेट बाेर्ड

कोरोना भाइरसको महामारीका कारण बंगलादेश क्रिकेट बोर्ड पनि आर्थिक समस्याबाट गुज्रिएको छ । बंगलादेशको क्रिकेट टिम श्रीलंकामा गएर तीन टेस्ट म्याचको सिरिज खेल्दै छ । तर उसले प्रायोजक नपाउँदा आर्थिक समस्याबाट जुझिरहेको बताइएको छ ।

बंगलादेश क्रिकेट बोर्ड प्रायोजक विहीन छ भने मिडिया राइट पनि नरहेको जनाइएको छ । बीसीबीका सीईओ निजामुद्दिन चौधरीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै अहिलेको अवस्थामा दीर्घकालिन प्रायोजक आउन मुस्किल रहेको बताए ।

उनले भने ‘अहिले हाम्रो राष्ट्रिय टिमका लागि कोही पनि प्रायोजक छैन । गेम भए पनि अहिलेको अवस्थामा स्पोन्सर आउन मुस्किल छ । यस्तो अवस्थामा अस्थायी प्रायोजक खोज्ने तयारीमा लागेका छौं ।’

श्रीलंकाविरुद्धको सिरिजका लागि अस्थायी प्रायोजक खोज्ने र सम्भव भए लामोसमय सम्मका लागि सम्झौता गर्ने बताए । बंगालदेशले सन् २०१४ मा गाजी टिभीसँग् २०।०२ मिलियन डलरमा मिडिया राईट्स बेचेको थियो ।

त्यसको सम्झौता अप्रिलमा सकिएको हो । बीसीबीमा जनवरी देखि टिमको प्रायोजक छैन । मल्टि इन्टरनेश्नल कम्पनि युनिलिभरसँगको सम्झौता जनवरीमा समाप्त भएको थियो । कोरोना महामारी शुरुहुनु अघि नै प्रायोजक खोजी शुरु गरेको थियो ।

बीसीबीले २१ जनवरीमा ६।५ मिलियन डलरमा फ्लोर प्राइससँग सम्झौता गर्ने गरि एक्स्प्रेशन अफ इन्ट्रेस्ट मागेको थियो । जिम्बाबे विरुद्धको खेल अघि प्रायोजकहरु आकर्षित भएनन् । सीईओ चौधरीले कोरोना भाइरसको अवस्था सामान्य भयो भने सबै समस्याहरु समाधान हुने विश्वास पनि व्यक्त गरेका छन् ।

कोरोनाको महामारीका कारण विश्वभरकै क्रिकेट प्रायोजकहरु नराम्रोसँग प्रभावित भएका छन् । बंगलादेशको कुरा सार्वजनिक भए पनि लगभग विश्वका हरेक क्रिकेट बोर्डको समस्या उस्तै छ । एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेट टिमको पनि अहिलेसम्म प्रायोजक छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest