आइपीएलका लागि सन्दिप आज राति वेष्ट इन्डिजबाट उड्ने

नेपाली खेलाडी सन्दिप लामिछाने इन्डियन प्रिमियर लिगका लागि आइतबार दुबई पुग्ने भएका छन ।

क्यारेवियन प्रिमियर लिग बिहिबार सकिएपछि आइपीएलमा छनोट भएका सबै खेलाडी एक साथ आउने भएका छन । सिपीएल सकिएपछिमात्र यूएई आउने बताइएपछि सन्दिप दुई दिन अरु वेष्ट इन्डिजमा बस्नु परेको थियो ।

अब सन्दिप लगायतका अरु खेलाडीहरु आज राति युएईका लागि प्रस्थान गर्ने भएका छन । सन्दिप लगायत अरु खेलाडीलाई ट्रिनडाडबाट सेन्ट लुसियासम्म चार्टड विमानमा लगिने भएका छ भने सेन्ट लुसियाबाट अमेरीका र अमेरीकाबाट यूएई कमर्सियल फ्लाइटमा आउने भएका छन । यूएईमा आएपछि उनीहरुले एक साताको आइसोलेसन बस्नुपर्ने छ ।

त्यो क्रममा तीन चरणको परिक्षण हुनेछ । त्यसपछि मात्र उनीहरुले टिमको प्रशिक्षणमा सहभागि हुन पाउनेछन ।

यो सिजनको आइपीएलमा दिल्लीले पहिलो खेल सेप्टेम्बर २० तारिखमा पञ्जावविरुद्ध खेल्नेछ । दिल्ली टिम अगष्टको अन्तिममा यूएई पुगेको थियो । हाल टिम पुर्ण प्रशिक्षण गरिरहेको छ ।

भारतमा कोरोना भाइरसका कारण यो सिजनको आइपीएल यूएईमा हुने भएको हो । जसमा सेप्टेम्बर १९ तारिखबाट सुरु हुनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest