इंग्ल्याण्ड र अष्ट्रेलियाकाे दाेस्राे एकदिवसीय खेल आज

घरेलु टिम इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय आज हुँदैछ । म्यानचेस्टरमा हुने दोस्रो एकदिवसीय नेपाली समय अनुसार साँझ पाैने ६ बजे सुरु हुनेछ ।

ओल्ड ट्राफोर्डमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । पहिलो खेल गुमाएको कारण इंग्ल्यान्डलाई सिरिज जोगाउन दोस्रो खेल जित्नै पर्ने दबाब रहेको छ ।

तीन खेलको सिरिज अन्तर्गत पहिलो खेलमा अष्ट्रेलियाले १९ रनको जित निकालेको थियो । त्यसैले दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध सम्हालिएर खेल्नेछ ।

अष्ट्रेलिया भने दोस्रो खेल जित्दै सिरिज एक खेल अगाबै जित चाहन्छ । सिरिजमा १(० ले अघि रहेको अष्ट्रेलियाले दोस्रो खेल जिते सिरिज आफ्नो बनाउने छ ।

तर, इंग्ल्यान्डले सन् २०१५ पछि घरेलु मैदानमा एकदिवसीय सिरिज गुमाएको छैन । इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको टी(ट्वान्टी सिरिज समेत २(१ ले जितिसकेको छ ।

तीन खेलको सिरिज अन्तर्गत दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest