बंगलादेश टिम एक साता क्वारेन्टिनमा बस्नुपर्ने

बंगलादेश टिम श्रीलंकाविरुद्धको सिरीजका लागि पुगेपछि एक साता क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । उनीहरुलाई एउटा होटेलमा क्वारेन्टिनमा राखेर कोरोना परिक्षण हुनेछ । त्यसपछि मात्र बंगलादेशी खेलाडीलाई प्रशिक्षणमा जान अनुमति दिइनेछ ।

सेप्टेम्बर २७ मा श्रीलंका पुग्ने बंगलादेशी टिमले यसअघि क्वारेन्टिन बस्न नपर्ने भन्ने चर्चा पनि भएको थियो । तर पछिल्लो पटक बंगलादेश क्रिकेट टिमका खेलाडीमा कोरोना देखिएपछि उनीहरुलाई श्रीलंकन क्रिकेट बोर्डले अनिवार्य एक साता क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ ।

बंगलादेशले श्रीलंकासँग अक्टोबर २३ तारिखमा टेष्ट सिरीज सुरु गर्नेछ । बंगलादेश क्रिकेट टिमले हाइपर्फमेन्स टुर अन्तर्गत दुई तीन वटा खेल खेल्ने र त्यसको खर्च बीसीबीले नै ब्यहोर्ने भएको छ ।

त्यसपछि श्रीलंकासँगको टेष्ट सिरीज खेल्न अगाडी अक्टोबर १४ बाट श्रीलंकाले बंगलादेश टिमको खर्च ब्यहोर्ने भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest