श्रीसांन्त प्रतिबन्ध फुकुवा

भारतीय पूर्व तिब्रगतिका बलर श्रीसंन्तमाथि लागेको सात बर्षको प्रतिबन्ध आजबाट सकिएको छ । उनी भोली अर्थात सोमबारबाट क्रिकेट खेल्नका लागि खुल्ला रहेका छन ।

उनले आफ्नो प्रतिबन्ध सबैतिरबाट सकिएका र फेरी क्रिकेटमा फर्किने योजनामा रहेको बताएका छन । साथै उनले जब मैदानमा फेरी मौका मिलेमा रहेक बलमा उत्कृष्ट दिने योजना रहेको बताए ।

३७ बर्षे श्रीसांन्तले अझै क्रिकेट खेल्नका लागि पाँच देखि सात बर्ष बाँकी रहेको र जुन पनि टिमबाट आफु खेल्नु, उसका लागि एक सय प्रतिशत दिने बताए । यदि उनले आफ्नो फिटनेस टेष्ट पास गरेमा चाँडै केराला टिमबाट खेल्न सक्नेछन ।

तर कोरोनाका कारण भारतको घरेलु क्रिकेट कहिले सुरु हुने भन्ने निश्चित छैन । जसका कारण उनको कमब्याकमा ढिलाई हुने बताइएको छ ।

सात बर्ष पहिले दिल्ली पुलिसले उनलाई म्याच फिक्सिङको आरोपमा श्रीसांन्तसँग राजस्थान रोयल्सका अरु दुई खेलाडीलाई पक्राउ गरेको थियो । जमसा अजीत चंडिला र अंकित छवन थिए ।

उनीहरुले फिक्सिङ गरेको आरोपमा तीनै खेलाडीलाई प्रतिबन्ध लगाएको थियो । त्यो विरुद्ध श्रीसान्तले कानूनी लडाई लड्दै २०१५ मा कोर्टबाट सफाई पाएका थिए ।

यस्तै दुई बर्ष पहिले उनीमाथि लागेको आजीवन प्रतिबन्ध हटाएको थियो । त्यसपछि बीसीसीआईले पनि आजीवन प्रतिबन्धको सजायलाई कम गरेर सात बर्षमा झारेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest