बिमान छुट्दा सन्दिप यूएइ पुग्न ढिलाइ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईपीएल क्रिकेटमा सहभागिता जनाउन भोलिमात्र युएई पुग्ने भएका छन् । यात्राको क्रममा विमान छुटेपछि आईतबारनै युएई पुग्ने भनिएका सन्दीपको यात्रा एकदिन लम्बिएको हो ।

इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि क्यारेवियन प्रिमियर लिग (सीपीएल) सकेर अन्य खेलाडीसहित न्यू योर्क हुँदै युएई प्रस्थान गरेका सन्दीपको बिमान न्युयोर्कमा छुटेको थियो । उनी वेष्टइिण्डजबाट न्युयोर्क पुग्न समय लागेको कारण विमान छुटेको बुझिएको छ ।

आईपीएलमा सहभागि हुन दिल्ली क्यापिटल्सका वेष्टइन्डियन खेलाडीद्वय किमो पाउल र हिटमायरभने दुबई पुगिसकेका छन् । उनीहरु आईतबार बिहान युएईपुगे । उनीहरुसँगै जाने कार्यक्रम भएपनि सन्दीपको भने फ्लाईट मिस भएको थियो । आफ्नो फ्लाईट मिस भएको सन्दीपले सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका छन् ।

आईपीएलमा सहभागि हुने र यसअघि सीपीएल खेलेका ब्राभो, सुनिल नराईन, पोलार्ड, लगायतका खेलाडीभने दुबई पुगिसकेका छन् ।

सीपीएलमा उनले जमैका तलावाज खेल्दै ११ खेलमा १० इनिङ्स बलिङ गर्दै १२ विकेट लिएका थिए । सेमिफाइनलमा उनको टोली ट्रिनबेगो नाइट राइडर्ससँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो । ट्रिनबागोले लिगको उपाधि समेत जितेको थियो । टोली सेमिफाइनलमा पराजित भएपनि अन्य खेलाडीहरुसहित युएई जान सन्दीपले केही दिन वेष्टइन्डिजमै प्रतिक्षा गरेका थिए ।

कोरोना प्रभावकाबीच आईपीएलको १३ औं संस्करण युएईमा १९ तारेकबाट सरु हुँदैछ । आईपीएल खेल्न जाने सबै विदेशी खेलाडीले कोरोनाविरुद्धको स्वास्थ्य निर्देशिका अनुसार एक साता क्वारेन्टिनमा बस्ने र तीन पटकसम्म कोरोना परिक्षण गर्नु पर्नेछ ।

सन्दीपले लगातार तेस्रो संस्करणको आईपीएल दिल्लीबाट सहभागिता जनाउन लागेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest