ताम्बे काेलकाताकाे बलिङ प्रशिक्षक

अमेरिकी बलर अलीलाई पहिलो पटक खेलाउन लागेको इण्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली कोलकाता नाईट राईडर्सले प्रभिन ताम्बेलाई बलिङ तर्फको कोचिङ स्टाफ नियुक्त गरेको छ । भारतका भेट्रान स्पिनर ताम्बेलाई कोचिङ स्टाफमा रुपमा नियुक्त गरिएको र उनले सोमबारदेखि प्रशिक्षण सम्हाल्ले केकेआरले जनाएको छ ।

कोलकत्ताका निर्देशक मसोरेले यस वर्षको आईपीएलमा ताम्बेले केकेआरको टिममा प्रशिक्षकको भुमिका निर्वाह गर्ने पुष्टि गरे । उनका अनुसार ताम्बेलाई निकै ठुलो आशा र भरोसाका साथमा टोलीको जिम्मा दिइने छ ।

केकेआरले यो संस्करणमा बलिङमा विशेष सुधारको अपेक्षा सहित ताम्बेलाई कोचिङ स्टाफ बनाएको बताएको छ । यसअघि हिजो क्लबले अमेरिकी फास्ट बलर अलीलाई क्लबमा आवद्ध गरिएको थियो ।

भारतीय पूर्व क्रिकेटर ताम्बे ४८ बर्षका भएका छन् , तर उनले यो बर्ष भर्खरै सम्पन्न भएको क्यारेवियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा सहभागिता जनाएका थिए । सीपीएल खेल्ने सबैभन्दा पाको खेलाडी ताम्बेले ट्रिनबागो नाइट राइडर्सबाट खेल्दै उपाधि जितेका थिए । उनलाई भारतीय क्रिकेट कन्ट्रोलबोर्डले सीपीएल नखेल्न भने पनि त्यसको वेवास्था गर्दै सहभागिता जनाए । उनी सीपीएल खेल्ने पहिलो भारतीय खेलाडी समेत हुन् ।

ताम्बे अघिल्लो संस्करणको आईपीएलमा मौका नपाए पनि केकेआरमा आवद्ध थिए । उनलाई केकेआरले २० लाख भारुमा किनेको थियो, तर बीसीसीआईको अनुमतीबिना विदेशी लिग खेलेपछि उनी प्रतिवन्धमा परेका थिए । बीसीसीआईले सन्यान नलिदै विदेशी प्रतियोगिता खेल्न भारतीय खेलाडीलाई रोक लगाउँदै आएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest