क्रिकेटर ललित भण्डारी सडक दुर्घटनामा परे

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित भण्डारी दुर्घटनामा परेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा भण्डारी मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार क्रिकेटर भण्डारी घाइते भएका हुन् ।

दुर्घटनामा शुक्लाफाटा नगरपालिका १० भण्डारी र उनका भाइ नाता पर्ने करन ठगुन्ना पनि घाइते भएका छन् ।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको थियाे । उनकाे अहिले निसर्ग अस्पतालमा उपचार भइरहेकाे छ ।

भण्डारी सवार मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक भने फरार रहेका छन् । उनकाे खुट्टा, कम्मर र टाउकाेमा चोट लागेकाे छ । टाउको काे चाेटकाे सिटी स्क्यान भइरहेकाे  र त्यसकाे रिपाेर्ट आएपछिमात्र थाहा हुने बताइएकाे छ ।

सिटी स्क्यानकाे रिपाेर्ट आएपछि उनलाई अर्काे अस्पतालमा उपचारका लागि लगिने र त्यसका लागि महेन्द्रनगरबाट एम्बुलेन्स मगाइएको छ  ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest