ललितकाे थप उपचारका लागि काठमाडाैं ल्याउने तयारी

नेपाली राष्ट्रिय क्रिकेट खेलाड ललित भण्डारी खतरा मुक्त भएपनि दुर्घटनाका कारण कलेजोमा पनि समस्या देखिएको छ । जसका कारण उनलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

उनको हात र खुट्टाको शल्यक्रिया भएपनि पछिल्लो पटकको रिपोर्टमा कलेजोमा पनि समस्या देखाएको छ । दुर्घटनामा परेर लड्दा उनको शरिरको भित्री भागमा चोट लागेको बताइएको छ ।

उनलाई कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेको भएपनि त्यहाँ रिस्क लिनुभन्दा काठमाडौं पठाउने तयारी भइरहेको प्रदेश ५ क्रिकेट संघका अध्यक्ष दुर्गा थापाले नेप्लेजलाई बताए । थापाका अनुसार उनको टाउकोमा चोट नभएको, राम्रोसँग बोलचाल गर्ने भएपछि डाक्टरले कलेजोमा समस्या भएको बताएको र उनलाई काठमाडौं लग्नुपर्ने अवस्था देखिएको बताए ।

कोहलपुर मेडिकल कजेजमा उनको उपचारमा प्रदेश ५ क्रिकेट संघले सहयोग गरिरहेको छ । संघका अध्यक्ष दुर्गा थापा अस्पतालमा नै पुगेर डाक्टरसँग सल्लाह गरिरहेका छन ।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारी घाइते भएका हुन् । उनीसँगै भाइ नाता पर्ने करन ठगुन्ना पनि घाइते भएका थिए ।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो ।
धनगढीबाट गयराति नै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ ।

अहिले उनको त्यहाँ उपचार भइरहेको छ । कोहलपुर ल्याए लगत्तै गरिएको सिटी स्क्यानको रिपोर्ट पनि भर्खरै आएको छ । सिटी स्क्यानको रिपोर्टमा टाउकोमा चोट नदेखिएको अस्पतालले जनाएको छ । उनको दायाँ हात र खुट्टा दुवै भाँच्चिएका छन् । त्यसको उपचार भइरहेको छ ।

ललितसँगै दुर्घटनामा परेका करन ठगुन्नाकाे अवस्था सामान्य रहेकाे र उनकाे धनगढीमै उपचार भइरहेकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest