ललितकाे उपचारका लागि कप्तान ज्ञानेन्द्रकाे अपिल

नेपाली क्रिकेटर ललित भण्डारीको उपचारमा सहयोगका लागि राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले सार्वजनिक अपिल गरेका छन ।

उनले आफ्नो फेसबुक पेजमा ललितको उपचारका लागि ग्राण्डी अस्पतालमा ल्याइने र उनको उपचारका क्रममा सबै जानकारी दिनुका साथै राष्ट्रिय टिमको तर्फबाट आवश्यक सम्पुर्ण सहयोग गर्ने प्रतिबद्दता जनाएका छन । यसका साथै सम्बिन्धित सरोकारवाला निकायहरुको पनि गम्भिर ध्यानाकर्षण गराउन चाहेको बताएका छन ।

गएराति सडक दुर्घटनामा परेर गम्भिर घाइते भएका ललितको हात, खुट्टा भाँच्चिएको छ भने त्यसको सल्यक्रिया गर्नुपरेको छ । यसका साथै उनको कलेजोमा समेत समस्या देखिएको छ । जसका कारण उनको स्वास्थ्यमा कुनै जोखिन नहोस भनेर ग्राण्डी अस्पतालमा उपचारका लागि ल्याउन लागिएको हो ।

उनको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा प्रदेश पाँच क्रिकेट संघले समन्वय गरिरहेको थियो । तर नेपाल क्रिकेट संघ क्यानले भने अहिलेसम्म खेलाडीको उपचारका लागि आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

त्यसैले पनि कप्तान ज्ञानेन्द्रले फेसबुकका अपिल गरेको हुनसक्ने बताइएको छ ।

यसका साथै पूर्व कप्तान पारस खड्काले ललित दुर्घटनामा परेको जानकारी पाएदेखि नै निरन्तर उनको स्वास्थ्य अवस्थाका बारेमा बुझिरहेका छन ।

सोमबार विहानपनि उनले ललितसँग टेलिफोनमा कुरा गरेका थिए । यसका साथै उनले ग्राण्डीका डाक्टर चक्रराज पाण्डेसँगपनि कुुरा गरेर उपचारको ब्यवस्था गरेको बताइएको छ ।
ललितको उपचार खर्च कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा अहिलेसम्म जिम्मेवार निकायले केहि बोलेको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest