थप उपचारका लागि ललित ग्राण्डीमा भर्ना

नेपाली क्रिकेटर ललित भण्डारीलाई थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याइएको छ । सोमबार साँझ उनलाई हेलिकप्टरबाट ग्राण्डी अस्पतालमा उपचारका लागि ल्याइएको हो ।

आइतबार राति साँढे सात बजे मोटरसाइकल दुर्घटनामा पुरेका भण्डारीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो ।

रातारात एम्बुलेन्सबाट कोहलपुर लगिएका भण्डारीलाई त्यहाँ सबै चेकजाँच गरेपछि काठमाडौं रिफर गरिएको हो । उनको दायाँ खुट्टा र हातको सल्यक्रिया गर्नुपर्ने भएको छ भने कलेजोमा पनि चोट लागेको बताइएको छ ।

अब उनको ग्राण्डी अस्पतालमा सल्यक्रिया हुनेछ । सो अस्पतालका प्रबन्ध निर्देेशक चक्रराज पाण्डेको रोवरोहमा भण्डारीको सल्यक्रिया हुने भएको छ । यसका साथै अरु समस्याको पनि उपचार गरिनेछ ।

उनलाई काठमाडौं ल्याउनका लागि राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको पनि ठुलो योगदान रहेको थियो । काठमाडौंबाट सिम्रिक एयरको हेलिकप्टर मगाएर नेपालगञ्जबाट ल्याइएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest