ललितकाे सहयाेगका लागि सिप्यानकाे अपिल

क्रिकेट खेलाडी संघ नेपालले मोटरसाइकल दुर्घटनामा परेका ललित भण्डारीको उपचारमा सहयोगका लागि सबैसँग सार्वजनिक अपिल गरेको छ ।

आइतबार राति कञ्चनपुरमा ट्रकसँग ठोकिएपछि गम्भिर घाइते भएका ललितको हाल काठमाडौंका ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । नेपालगञ्जबाट हेलिकप्टरमा उनलाई उपचारका लागि ग्राण्डी अस्पताल ल्याइएको थियो ।

उनको अवस्था सामान्य हुँदै गएको तर मल्टिफल फ्याक्चर भएर सल्यक्रिया गर्नुपर्ने अवस्था छ । हाल उनलाई आइसीयूमा राखेर उपचार गराराखिएको छ ।

सिप्यानले उनको उपचारमा सहयोग गर्ने सबै इच्छुक महानभावलाई संघको बैंक खातामा रकम जम्मा गर्न सकिने बताएको छ ।

बिस्तृतविबरण यस प्रकार छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest