ललितलाई खेलकुद परिषद्ले सहयाेग गर्ने

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले क्रिकेटर ललित भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आइतबार राति धनगढीको झलारीमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका भण्डारीको अहिले काठमाडौंको ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ ।

सोमबार अपरान्ह ग्राण्डीमा भर्ना गरिएको भण्डारीलाई अहिले आईसीयूमा राखिएको छ । भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सदस्य सचिव सिलवाल मंगलबार अस्पताल पुगेका थिए ।

सिलवालले भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । साथै भण्डारीकी श्रीमतिसँग पनि छलफल गरेका सदस्य सचिव सिलवालले उपचारका लागि राखेपले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सिलवालले भण्डारीको स्वास्थ्य लाभको कामना गर्दै ललित उपचार पछि खेल जीवनमा फर्कन सक्ने आशा पनि व्यक्त गरे । सदस्य सचिव सिलवालसँगै नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, नेपाल क्रिकेट संघका सदस्य छुम्बी लामा पनि अस्पताल पुगेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest