ठक्कर दिने गाडीका मालिकले दिए २ लाख रूपैयाँ

ट्रकसँग ठोकिएर सडक दुर्घटनामा परेका ललितको उपचारका लागि सो ट्रकका मालिकले दुई लाख रुपैयाँ क्षतिपुर्तीवाफत दिएका छन । मंगलबार आफै सम्पर्कमा आएका गाडीका मालिकले पहिलो चरणमा तत्कालका लागि दुई लाख रुपैयाँ दिएका छन ।

कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र चन्द र यातायात ब्यवसायी पुष्प बोहराको उपस्थितीमा उनले दुई लाखको चेक हस्तान्तरण गरेका हुन । सो रकम आजै राष्ट्रिय टिमका फिजियो विक्रम न्यौपानेको ब्यक्तिगत खातामा जम्मा भएको छ ।

आइतबार राति झलारीमा विपरित दिशाबाट आएको मिनी ट्रकले ललित र उनका नातेदार करण ठगुन्नलाई ठक्कर दिएको थियो । जसका कारण ललितको दुई ठाँउमा हड्डी भाच्चिएको छ । उनको हाल ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

उनलाई धनगढीमा उपचार संभव नभएपछि नेपालगञ्ज ल्याइएको थियो, त्यसपछि हेलिकप्टरबाट काठमाडौंका ग्राण्डी अस्पतालमा ल्याइएको थियो । उनको विहिबार सल्यक्रिया हुने बताइएको छ ।

गाडीवालाले उनको उपचार खर्च ब्यहोर्ने बताइसकेका छन । गाडीको इन्सुरेन्सबाट रकम आउने भएकाले पनि उनले त्यो खर्च ब्यहोर्ने बताइएको छ । ललितको उपचारका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग भइरहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest