काेलकाता पहिलाे खेलमा नै ४९ रनले पराजित

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । पहिलो खेलमा चेन्नेईसँग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई रनले हरायो । यसका साथै कोलकाताको पहिलो खेलमा नै हार ब्यहोरेको छ ।

आबुधावी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनायो ।

८ रन बनाउँदा क्विन्टन डी कललाई गुमाएको मुम्बइको पारीलाई रोहित शर्मा र सूर्यकुमार यादवले अघि बढाएको थिए । सूर्यकुमार ४७ रन बनाएर आउट हुन पुगे ।

२८ बल खेलेका सूर्यकुमारले ६ चौका र १ छक्का प्रहार गरे । सौरभ तिवारीले २१ रन बनाए । १३ बल खेलेका सौरभले एक चौका र एक छक्का प्रहार गरे । रोहितलाई साथ दिन आएका हार्दिक पाण्ड्याले पनि उत्कृष्ट प्रदर्शन गरे । टिमको स्कोर १७७ रन हुँदा कप्तान रोहित शर्मा ८० रन बनाएर आउट भए । रोहितले ५४ बल फेस गर्दा ६ छक्का र चार चौका प्रहार गरे ।

पाँचौं विकेटको रुपमा हार्दिक पाण्ड्या हिट द विकेट आउट भए । उनी १८ रन बनाएर पभेलियन फर्किदा मुम्बईको स्कोर १८० रन भएको थियो ।

अन्तिमसम्म किरोन पोलार्ड र क्रुनाल पाण्ड्या नटआउट रहे । पोलार्डले १३ रन बनाउँदा पाण्ड्याले १ रन बनाए । कोलकताका शिबम माभीले २ विकेट लिए । यसैगरी आन्द्रे रसेल र सुनल नारेनले एक एक विकेट लिए ।

जवाफमा कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४६ रनमात्र बनाउन सक्याे ।  उसले सुरुवात राम्रो गर्न सकेन । १४ रनमा पहिलो विकेट गुमाएको कोलकाताले २५ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका दुबै ओपनर सस्तैमा आउट भए ।

सुभंम गिल मात्र सात रनमा आउट भए भेन सुनिल नरायन नौ रनमा पेभेलियन फर्किए त्यसपछि कप्तान दिनेश कार्तिक पनि ३० रनमा आउट हुँदा कोलकाताले ७१ रनमा तेस्रो विकेट गुमायो । त्यसको लगत्तै नितेश रानापनि २४ रनमा पेभेलियन फर्किए । जसका कारण कोलकाताले ७७ रनमा चौथो विकेट खेर फाल्यो ।

कोलकाताका इयोन मोर्गनले १६ रन बनाए भने आन्द्रे रसेलमात्र ११ रनमा आउट भए । जसका कारण उसको पुरै पारी खासै जम्न सकेन । एक सय रनमा पाँच विकेट गुमाएको कोलकाताले एक सय तीन रन बनाउँदा सात विकेट गुमायो ।

अन्तिममा प्याट कुमिन्सले विस्फोटक ३३ रन बनाएका । उनले १२ बलमा एक चौका र चार छक्का प्रहार गरेका थिए ।

बलिङमा ट्रेन्ट बोल्ट, जेम्स प्याटिसन र जसप्रित बुम्राहाले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest