पञ्जाव र बैंग्लाेर भिड्दै

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज रोयल च्यालेन्जर्स बेंग्लोर र किंग्स इलाभेन पञ्जावबीच प्रतिस्पर्धा हुने छ । खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुने छ ।

पञ्जावको टिम बेंग्लोरविरुद्ध मैदान उत्रदा यसअघि दिल्लीसँगको खेलमा भएको सर्ट रनको कुरा विर्सने प्रयासमा हुने छ । दिल्लीविरुद्धको खेलमाा १९ औं ओभरमो तेस्रो बलमा स्क्वायर लेग एम्पायरले सर्ट रन दिए पछि त्यसको फल पञ्जावले भोगिसकेको छ । जसका कारण खेल सुपरओभरमा पुग्यो र दिल्ली विजयी भएको थियो ।

उता, बेंग्लोर पनि हैदरावादविरुद्ध १० रनको जित निकालेकाले यो अभियान जारी राख्ने लक्ष्यमा हुने छ । बेंग्लोरका देवदत्त पडिक्कलले अर्धशतकीय पारि खेल्दै आईपीएलको डेब्यु यादगार बनाएकाले पनि धेरैको नजर उनीमाथि हुने छ ।

साथै एबी डिविलियर्सले पनि अर्धशतकीय पारि खेलिसकेका छन् । उनी पनि पुरानै लय कायमै राख्ने दाउँमा हुने छन् । बेंग्लोरका लागि युजबेन्द्र चहलको बलिङ महत्वपूर्ण हुने छ । पहिलो खेलमा उमेश यादवले धेरै रन दिएकाले उनको ठाउँमा मोहम्मद सिराजलाई स्थान दिने सम्भावना पनि रहेको छ । यस्तोमा इंग्ल्याण्डका अलराउण्डर मोईन अलिलाई मध्यक्रममा फिट गर्नुपर्ने हुन्छ ।

पञ्जावका लागि मयंक अग्रवालको प्रदर्शन महत्वपूर्ण हुने छ । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि टिमलाई जिताउन उनी असफल भएका थिए । यसैगरी कप्तान केएल राहुल, ग्लेन म्याक्सवेल र निकोलस पुरन जतिबेला पनि विपक्षीमाथि हावी हुने खेलाडी छन् ।

यसैगरी क्रिस गेल आजको खेलमा आउने सम्भावना पनि उत्तिकै रहेको छ । यसैगरी जिमी निशामले पनि प्लेयिङ सेटमा स्थान बनाउन सक्छन् । पञ्जावको बलिङमा मोहम्मद शामी, युवा लेग स्पिनर रवि बिश्नोईको प्रदर्शन राम्रो हुनुपर्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest