उपाधि जित्ने लक्ष्य छ-सन्दिप लामिछाने

क्यारेवियन प्रिमियर लिगपछि इन्डियन प्रिमियर लिग खेल्न यूएई पुगेका सन्दिप लामिछानेले यो सिजनको आइपीएलको उपाधि जित्ने लक्ष्यका साथ आएको बताएका छन ।
दिल्ली क्यापिटल्र्सको सोसियल मिडियामा कुरा गर्दै उनले यो सिजनमा टिमका लागि उपाधि जित्ने लक्ष्य रहेको बताए ।

कोरोना भाइरसपछि क्यारेवियन प्रिमियर लिग खेल्न गएका सन्दिपले ११ खेलमा १२ विकेट लिएका थिए । तर उनलाई सिपीएलमा जसरी आइपीएलमा टिममा पर्न सजिलो भने छैन । उनले दिल्ली टिमको मिडियासँग कुरा गर्दै क्वारेन्टिनको अवधि सकेर प्रशिक्षणमा फर्किन पाउँदा निकै खुसी लागेको बताए ।

उनले भने बुधबार बाट प्रशिक्षणमा सहभागि भएको छु,दिल्लीको ड्रेसिङ रुममा फर्कन पाउँदा खुसी छु,’ सन्दीपले दिल्ली क्यापिटल्ससँगको कुराकानीमा भनेका छन्,’यसभन्दा अघि म क्वारेन्टिनमा थिए। त्यसैले तपाईंहरूले मलाई दिल्लीको टिममा देख्नु भएन। अहिले टिममा आइसकेको छु। म जता गए पनि मलाई माया र समर्थन गरिदिनु भएकोमा सबैप्रति आभारी छु।’

सन्दीपले दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङबाट सिक्ने अवसर भएको बताउँदै अघि भने, ‘रिकी पोन्टिङ जस्ता लिजेन्डबाट केही सिक्नका लागि यो ठूलो मौका हो।’

सन्दीपलाई ‘यो सिजनको आइपिएलमा तपाईंको लक्ष्य के हो?’ भन्दा उनले ‘टिमका लागि ट्रफी जित्ने लक्ष्य हो,’ सन्दीपले उत्तर दिएका छन्।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest