कोलकत्ता नाइटराईजर्सको पहिलो जित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइटराईजर्सले पहिलो जित निकालेको छ । युएईमा जारी आईपीएलको आफ्नो दोस्रो खेलमा कोलकत्ता नाइटराईजर्सले सनराईजर्स हैदराबादलाई पराजित गरेको हो ।

दुबईको सेख जायेद क्रिकेट मैदानमा भएको खेलमा कोलकत्ता ७ विकेटले विजयी भयो । हैदराबादले दिएको १ सय १ सय ४३ रनको लक्ष कोलकत्ताले ३ विकेटको क्षतीमा १८ ओभरमा भेट्टायो ।

कोलकत्तालाई सहज जित दिलाउन सुभमन गिलले नटआउट ७० रनको पारी खेले । ६२ बलमा गिलले पाँच चौका र २ छक्का प्रहार गरे । यस्तै नटआउट ४२ रन बनाएका इयान मोर्गनले २९ बलमा ३ चौका र दुई छक्का हिर्काए । नितेश रानाले २६ रन बनाउँदा दिनेश कार्तिक र सुनिल नाराईनले खाता खोल्न सकेनन् । रसिद खान, थंगारसु नटराजन र खालिल अहमदले १–१ विकेट लिए । ्

यसअघि सनराईजर्स हैदराबादले कोलकत्ता नाइट राइडर्सलाई मध्यम लक्ष दिएको थियो । शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाउन सक्यो । हैदराबादका लागि मनिस पाण्डेले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। उनले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । कप्तान डेभिड वार्नरले ३६ रन जोड्दा रिद्धिमन शाहले ३० तथा मोहमद नाबीले अविजित ११ रन बनाए । जोनी वेरस्टो ५ रनमा आउट भए । कोलकत्ताका प्याट कमिन्स, वरुन चक्रवर्ती र आन्द्रे रसेलले समान १–१ विकेट लिए ।

यसअघि १३ औं संस्करणको आईपीएलको पहिलो खेलमा कोलकत्ता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो । हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो । हैदराबादलाई हराएसँगै कोलकत्ताले यो संस्करणको आईपीएलमा पहिलो जित निकाल्यो भने हैदराबादको यो लगातार दोस्रो हार बन्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest