राजस्थान रोयल्स र किंग्स इलावेन पञ्जावविच प्रतिस्पर्धा हुँदै

इन्डियन प्रिमियर लिग आइपीएलमा आज राजस्थान रोयल्स र किंग्स इलावेन पञ्जावविच प्रतिस्पर्धा हुँदैछ ।

यूएईको सारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राती पौने आठ बजेबाट सुरु हुनेछ । जारी लिगमा पञ्जावले तेस्रो खेल खेल्दैछ भने राजस्थानको दोस्रो खेल हो ।

पहिलो खेलमा राजस्थानले चेन्नईले हराएको थियो । यता पञ्जावले दुई खेलमा एक जित र एक हार ब्यहोरेका छन । राजस्थानले पहिलो खेलमा देखाएको प्रदर्शनका कारण पञ्जावलाई जित निकाल्न त्यति सजिलो भने हुने छैन ।

यी दुई टिमविचका पछिल्ला भिडन्तमा पञ्जाव हावी देखिएको छ । अघिल्लो सिजनमा दुई खेलमा दुबै खेलमा पञ्जावले बाजी मारेको थियो ।

अघिल्लो खेलमा शतक प्रहार गरेका पञ्जावका कप्तान लोकेश राहुलको प्रदर्शनमा आजपनि धेरै भर पर्नेछ । पञ्जावले अहिलेसम्म क्रिस गेललाई खेलाएको छैन । जसका कारण उनलाई आज मौका दिन संभावना रहेको छ ।

यता राजस्थानको टिममा विदेशी खेलाडीको धेरै भर रहेको छ । अघिल्लो खेलमा पनि विदेशी खेलाडीकै कारण जित निकालेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest