मायांककाे शतकमा पञ्जावकाे बिशाल लक्ष्य

इन्डियन प्रिमियर लिगमा किंग्स ११ पञ्जावले राजस्थान रोयल्सलाई दुई सय २४ रनको लक्ष्य दिएको छ ।

सारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा २ विकेट गुमाउँदै दुई सय २३ रन बनायो । उत्कृष्ट सुरुवात गरेको पञ्जावले पहिलो विकेटका लागि एक सय ८३ रनको साझेदारी गरेका थिए ।

आइपीएलको इतिहासमा पहिलो विकेटका लागि धेरै रनको यो दोस्रो ठुलो साझेदारी हो । यसअघि हैदरावादका डेविड वार्नर र जोनी ब्रेस्टोले २०१९ मा एक सय ८५ रनको साझेदारी गरेका थिए ।

पञ्जावका लागि मायांक अग्रवालले शतक प्रहार गरे । उनले ५० रनमा विस्फोटक एक सय ६ रन बनाए । जसमा १० चौका र सात छक्का प्रहार गरेका थिए ।

यस्तै लोकेश राहुलले पनि ६९ रन बनाए । उनले ५४ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । अन्तिममा ग्लेन म्याक्सवेलले १३ रन बनाए भने निकाेलस पुरनले २५ रन जाेडे ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest