अष्ट्रेलियन क्रिकेटरका प्रायाेजक डिटाेल

क्रिकेट अष्ट्रेलियाको नयाँ प्रायोजकमा डिटोल कम्पनी भित्रिएको छ । क्रिकेट अष्ट्रेलियाले सो कम्पनीसँग चार बर्षको प्रायोजन सम्झौता गरेको छ ।

डिटोलले राष्ट्रिय टिमका महिला र पुरुष टिमको प्रायोजनमा हस्ताक्षर गरेको छ । यसका साथै डिटोलले आफ्नो उत्पादनलाई तीन हजार चार सय ५५ वटा क्लवमा वितरण गर्ने भएको छ ।

कोभिड १९ का बेला डिटोलले आफ्नो बजारलाई आक्रामक रुपमा अगाडी बढाएको छ । यहि क्रममा क्रिकेट अष्ट्रेलियासँग सम्झौता गरेको हो ।

अब अष्ट्रेलियन क्रिकेट टिमको एकदिवसिय र टी २० क्रिकेटमा घरेलु मैदानमा हुने खेलका बेला डिटोल पार्टनरका रुपमा रहने भएको छ । यसका साथै उसले महिला क्रिकेट टिम, सपोर्ट स्टाफ र पुरुष खेलाडीलाई किटपनि उपलब्ध गराउने भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest